काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) आज वैशाख ७ गते यो कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै यो कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यो आईपीओ कम्पनीको चुक्तापुँजीको २४.५ प्रतिशतबराबर हुन आउनेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ। 

कम्पनीको यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।