काठमाण्डौ । अप्पर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज वैशाख २२ गते अप्पर हेवाखोलालाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब अप्पर हेवाखोलाले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ जारी गर्नेछ। 

कम्पनीमा ७० प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ। जसअनुसार संस्थापक समूहको ३० लाख कित्ता सेयर रहेको छ। 

यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ। 

अप्पर हेवाखोलाको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।