काठमाण्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ आइतबार राति ९ बजे ९ मिनेटसम्म देशभरका घरहरुमा विजुली बन्द गरेर मैनबत्ती, दीयो, टर्चलाइट वा मोबाइलको फ्यासलाइट बाल्न जनतासँग अपिल गरेको छन्। 

प्रधानमन्त्री मोदीले आज एक भिडियो सन्देशका माध्यमबाट आफ्ना घरका ढोका र बरन्डामा मैनबत्ती, दीयो, टर्चलाइट र मोबाइलको फ्यासलाइट बाल्न अपिल गरेका हुन्। उनले अहिले कोरोनाभाइरसको महामारीबाट उत्पन्न अन्धकारलाई चिर्न र प्रभावित गरिब जनतामा आशा जगाउन यस किसिमको प्रकाश फैलाउन आग्रह गरेका हुन्। ‘यो संकटको अन्धकार र अनिश्चितताको परिस्थितिलाई उज्यालोतर्फ बढाउन पनि सबैले मिलेर प्रकाश फैलाऔँ’, उनले भनेका छन्।
 

प्रधानमन्त्री मोदीले ५ अप्रिलमा १३० करोड देशवासी यो संकल्पले नयाँ उचाइमा पुर्याउने दाबी गरे। ‘यो प्रकाशबाट महाशक्ति उजागर हुन्छ’, उनले भने, ‘यो उज्यालोसँगै हामी संकल्प गरौँ कि यो महामारीसँग लड्न कोही पनि एक्लै छैन, हामी सबै एकजुट छौँ।’
 

भिडियो सन्देशमा मोदीले सोसल डिस्टेन्सिङ कायम राख्न पनि अपिल गरेका छन्। उनले सोसल डिस्टेन्सिङको लक्ष्मणरेखा उल्लघंन गर्न पनि आह्वान गरेका छन्। ‘यो नै यो महामारी नियन्त्रणको रामबाण उपचार हो’, उनले भनेका छन्।

मोदीले दुईहप्ते लकडाउनको ९ दिनसम्म जनताले अनुशासन र हौसल देखाएकोमा प्रशंसा पनि गरे। उनले यो नै देशको सामूहिक ताकत भएको पनि बताए। – एजेन्सी