काठमाण्डौ । कोभिड–१९ को प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन खुकुलो भएको २ दिन मात्र भयो ।
विभिन्न क्षेत्रको लकडाउन झै धितोपत्र बजारको लकडाउन समेत केही खुकुलो पारिएको छ र मंगलबारदेखि दैनिक २ घण्टाको दरले सेयर कारोबार खुल्दैछ ।
लामो समयको लकडाउन र कोरोना प्रकोपका कारण थिलथिलो बनेको अर्थतन्त्रका आगामी तस्विरहरु राम्रा देखिदैनन् । यस्तो अवस्थामा बजारमा के परिवर्तन चाहिन्छ ? कस्ता–कस्ता व्यवस्था आउँदा सेयर बजारमा डूबिनबाट बच्न सकिएला ? अर्थात समग्रमा धितोपत्र तथा वस्तु विनिमय बजारका लागि आगामी रणनीति कस्तो बनाउनुपर्ला ?
यी सारा विषयमा तपाईका कुनै सुझाव भए नीति तथा कार्यक्रमको रुपमा आउनसक्छन् । यसैका लागि बजारको नियामक धितोपत्र बोर्डले आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने गरी बजार विकास तथा विस्तारका लागि आवश्यक सुझावहरु पठाउन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
बोर्डले एक सूचना प्रकाशित गरी बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा भइरहेको उल्लेख गर्दै त्यस्ता सुझाव पठाउन भनेको छ ।
बोर्डले विगत केही वर्षदेखि आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रम हरेक आर्थिक वर्ष सुरु हुनुभन्दा केही दिनअघि सार्वजनिक गर्ने गरेको छ ।
बोर्डले बजारको विकास, बिस्तार र सुधारका लागि कुनै सुझाव भए जेठ ९ गतेभित्र पठाइसक्न आग्रह गरेको छ । सुझाव पठाउनका लागि बोर्डले निम्नअनुसारको इमेल ठेगाना उपलब्ध गराएको छ । इच्छुकले यो इमेलमा सुझाव पठाउन सक्नेछन्: research@sebon.gov.np
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago