काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ कोरोना महामारीका कारण स्थगित गरिएको अधिकांश सेवाहरु आउँदो आइतबार (असोज ४ गते) बाट पुनः सञ्चालनमा आउने भएको छ।

प्रशासनमा स्थगित सेवाहरु सञ्चालनमा आए पनि कोरोना जोखिम घटिनसकेकोले प्रशासनले भीडभाड हुन नदिन स्थानीय तहअनुसार सेवा लिने दिन (बार) तोकिएको प्रशासनद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ। जसअनुसार अब प्रशासनबाट काठमाण्डौ महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनछन्। 

यसैगरी कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ड, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन्। 

काठमाण्डौ प्रशासन कार्यालयले यसअघि स्थगित नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहादानी, हातहतियार दर्ता नवीकरण सेवालगायतका सेवा आइतबारबाट सुरु गर्दैछ। 

यसैगरी प्रशासनबाट प्रवाह हुने सेवाहरु लिने बार पनि तोकेको छ। जसअनुसार संस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ भने नयाँ दर्ताको काम सोमबार र बुधबारमात्र हुनेछ। संघसंस्थाको प्रतिलिपि पत्राचारसम्बन्धी सेवाभने प्रत्येक दिन दिउँसो ४ बजेपछि गरिने प्रशासनले जनाएको छ। 

प्रशासनको सूचना यस्तो छ–