काठमाण्डौ । अब अनलाइन मिडियाहरुलले पनि लोककल्याणकारी विज्ञान पाउने भएका छन्।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  अनलाइन मिडियाहरुलाई पनि लोककल्याणकारी विज्ञापन दिइने व्यवस्था गरिएको जानकारी गराएका छन्। 

यसअघि पत्रिकाहरुलाई मात्र  लोककल्याणकारी विज्ञापन दिइने गरिन्थ्यो।