काठमाण्डौ । नेपालले अन्य रोगका कारण मृत्यु भएकामा कोरोना संक्रमण पुष्टि भए पनि त्यसलाई कोरोनाबाट भएको मृत्यु नमान्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६' मा पहिलो संसोधन गरी यस्तो व्यवस्था गरेको हो ।
हालसम्म देशमा जुनसुकै कारणले मृत्यु भए पनि कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई कोरोनाबाटै भएको मृत्यु गन्ने गरिएको छ ।
संसोधित कार्यविधिमा भनिएको छ–‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ। कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago