काठमाण्डौ । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।
यो निर्णयसँगै अब काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउनुपर्नेछ। त्यसका लागि सम्पर्क व्यक्ति तोक्नुपर्नेछ।
त्यस्ता हेल्थ डेस्कले एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउनुपर्ने र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिई शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउनुपर्नेछ।
सोही बैठकले उपत्यकाका सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टिन सेन्टरहरुलाई अध्यावधिक गर्न र आ–आफ्नो नगरक्षेत्रभित्र एक–एकवटा आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्न सुझाएको छ। यस्तै सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago