काठमाण्डौ । अब सेवाग्राहीले ई–कमर्स कम्पनी दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन्।

पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच यस सम्बन्धमा आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको हो। सम्झौतापत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रालि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङले हस्ताक्षर गरेका छन्। 

यो  सम्झौताअनुसार दराजका सेवाग्राहीले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन्। यसका साथै यही साउन १ गतेबाट सुरु हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट सुरु हुने दराज महाबचत उपहार योजनामा सहभागी भई ष्उजयलभज्ञद्द लगायत थुप्रै उपहार प्राप्त गर्न सक्नेछन्। 

सम्झौता कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवं आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराजजस्तो ई–कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। ढकालले कोभिड–१९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारका माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिबद्वता पनि जनाए। 

झन्डै ३५ हजार एजेन्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।  

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।