ration card
काठमाण्डौ । आपूर्ति मन्त्रालयले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागू गर्ने विषयमा अध्ययन गर्न छ सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयले यही २२ गतेको (मन्त्रिस्तर) निर्णयअनुसार उपभोक्तालाई दैनिक उपभोग्य वस्तुका सहज आपूर्तिका लागि आपूर्ति व्यवस्था महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्यमा सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तथा आपूर्ति व्यवस्ता तथा उपभोक्ताहित संरक्षण विभागका दिर्नेशक, कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनाल रहेका छन् । समितिको सदस्य समितिमा आपूर्ति मन्त्रालयको बजार विश्लेषण शाखाका उपसचिव प्रेमप्रसाद आचार्य रहेका छन् ।
राशन कार्ड लागू गर्ने विषयमा तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए ।
राशन कार्ड लागू गर्ने सम्बन्धमा छिमेकी देशमा भएका व्यवस्थाको अध्ययन विश्लेषण, कार्डको आवश्यकता र औचित्य तथा कार्डको सफल कार्यान्वयनका निम्ति सरकारले अपनाउनुपर्ने कदमबारे सरकारलाई समितिले सुझाव दिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago