काठमाण्डौ । प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । 

प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशको नाममा एउटामात्र प्रस्ताव बागमती दर्ता भएको थियो । प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन ।

यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाइ बढी मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलद्वारा दर्ता गरिएको स्थायी राजधानीसम्बन्धी प्रस्तावको पक्षमा १०४ मत र विपक्षमा तीन परेको थियो । 

विवेकशील साझाका तीन सांसदले कांग्रेसको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेशसभाले यो प्रस्तावले बहुमतले अस्वीकृत गरेको छ ।