काठमाण्डौ । नेप्सको अनलाइन प्रणालीमा बैंक इन्टीग्रेसनका निम्ति नेपाल धितोपत्र बोर्डले कमिटी गठन गरेको छ ।
योसँगै फूल फेजको अनलाइन सेयर कारोबार प्रणालीको आधार स्तम्भ तयार गर्न नियामक तातेको बुझ्न सकिन्छ ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारी सदस्य रहने गरी कमिटी गठन भएको बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले बिजशालालाई जानकारी दिएका छन् ।
लकडाउनकै दौरान खुुलेको धितोपत्र बजारमा नेपाल क्लियरिङ हाउस(एनसीएचएल)को कनेक्ट आइपीएस र आइपीएसबाट धितोपत्र कारोबारमा लगानीकर्ताहरुको उपस्थिति उल्लेख्य नभएकाले समेत बैंक इन्टीग्रेसन गर्न बोर्डद्वारा पहल गरिएको अध्यक्ष ढुुंगानाको भनाइ छ ।
कमिटीले बैंक मौज्दात, मार्जिनलगायत विभिन्न मोडालिटीका बारेमा अध्ययन गरी बैंक इन्टीग्रेसनका निम्ति सम्भावनाको खोजी गर्ने उनले दाबी गरे ।
कोरोना संकट र लकडाउनको विषम परिस्थितिका बीच खुुलेको धितोपत्र बजारमा बैंक इन्टीग्रेसन नभएकै कारणले लगानीकर्ताहरुको न्यूून सहभागिता रहेकाले समेत बजार सञ्चालनले निरन्तरता पाउन नसकेको जानकारहरुको ठहर छ ।
आम लगानीकर्ताहरुले समेत धितोपत्र बजारमा बैंक इन्टीग्रेसन हुुनुुपर्ने माग लामो समयदेखि उठाउँदै आएका थिए ।
बैंक इन्टीग्रेसन अत्यावश्यक रहेको स्टक ब्रोकर्स एसोसिएशनका अध्यक्ष भरत रानाभाटको भनाइ छ । बैंक इन्टीग्रेसन हुुनुु निकै सकारात्मक रहेको उल्लेख गर्दै फूूल फेज अनलाइनका लागि मुुख्य मेरुदण्ड नै बैंक इन्टीग्रेसन रहेको उनको बुुझाइ छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago