काठमाण्डौ । सरकारले मेडिकल कलेज तथा निजी अस्पतालहरुलाई पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न दिने जानकारी गराएको हो। यसका लागि सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ। 

सरकारको नियमानुसार कोभिडविरुद्धको खोपको उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने विज्ञप्तिमा उल्लेख छ।

यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएको थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गरिरहेको छ।