 
                     
                                
                             
                                    काठमाण्डौ । सरकारले थप ३ अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाएको कार्डमा प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको छ। योसँगै अब ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सकिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मिलाएको हो। यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र खोप कार्ड प्रमाणीकरण हुन्थ्यो।
एउटामात्रै अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था हुँदा भीड बढेपछि मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या बढाएको हो। दुई दिनयता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भीड अचाक्ली भएपछि थप अस्पतालमा यो व्यवस्था विस्तार गरिएको मन्त्रालयले जनाएको छ।
विदेश जानेहरुको अहिले खोप कार्ड प्रमाणीकरणका लागि अस्पतालमा घुइँचो लाग्ने गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19