 
                     
                                
                             
                                    काठमाण्डौ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि खोप केन्द्र तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले काठमाण्डौ उपत्यकाका हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अअस्पतालमा गएर खोप लगाउन सक्नेछन्। त्यसका लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्नेछ।
यसैगरी सरकारले स्थायी खोप केन्द्र तोकेको छ। काठमाण्डौको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई सरकारले स्थायी खोप केन्द्र तोकेको हो।
अब विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोकेबमोजिम राधास्वामी आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्नेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19