काठमाण्डौ । आन्तरिक राजस्व विभागले वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्नेहरुलाई करअवधिमा सहुलियत प्रदान गरेको छ।
विभागले आज एक सूचना प्रकाशित गरी वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार भएका करदाताहरुको करअवधि २०८० साउनदेखि मासिकबाट चौमासिक कायम गरिएको जानकारी गराएको हो।
मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदताले अब साउनदेखि हरेक ४ महिना अर्थात साउन, भदौ, असोज र कात्तिकको विवरण मंसिर २५ गतेसम्म तथा मंसिर पुस, माघ र फागुनको विवरण चैत २५ गतेसम्म पेस गर्नुपर्नेछ।
यसैगरी चैत, वैशाख, जेठ र असारको विवरण साउन २५ गतेसम्म पेस गर्ने सुविधा विभागले प्रदान गरेको छ।
वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने करदाताले मासिक कर विवरण दाखिला गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय÷करदता सेवा कार्याल्यमा १५ दिनभित्रै जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19