काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विद्युत उपभोक्तालाई मिटर रिडिङ, बिलिङ तथा महसुल भुक्तानीमा अनलाइन माध्यम प्रयोग गर्न आग्रह गरेको छ।
प्राधिकरणले सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। ‘निषेधाज्ञाका कारण मिटर रिडिङका लागि घर–घरमा कर्मचारी पठाउन सकिएको छैन’, सूचनामा भनिएको छ, ‘त्यसैले ग्राहक आफैँले अनलाइन विधिबाट मिटर रिडिङ, बिलिङ तथा महसुल भुक्तानी गर्न आग्रह गर्दछौँ।’
बिल प्राप्त गर्न प्राधिकरणको सम्बन्धित वितरण केन्द्र वा हटलाइन ११५० मा सम्पर्क गरी आफ्नो मिटर अंक टिपाउन सकिने प्राधिकरणले जनाएको छ। ‘अथवा प्राधिकरणको https://consumer.nea.org.np मा लग इन गरी प्राप्त निर्देशनअनुसारका विवरणहरु भरेर मोबाइलबाट प्राधिकरणको एन्ड्रोइड एपमार्फत आफैँ मिटर हेरेर महसुल निर्धारणका लागि पठाउन सकिन्छ’, सूचनामा भनिएको छ, ‘वा नजिककैका विद्युत कार्यालयमा फोन गरेर मिटरमा चढेको अंक टिपाएर बिल प्राप्त गर्न सकिन्छ।’
प्रत्येक महिना बिजुली खपत भएको बिल प्राप्त भएपछि महसुल घरबाटै अनलाइनमार्फत बुझाउन सकिने प्राधिकरणले जनाएको छ। विद्युत महसुल भक्तानी भने इसेवा, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, पे प्वाइन्ट नेपाल, आइएमइ पे, खल्ती, सीएसएस रेमिटलगायत सेवा प्रदायकहरुमार्फत गर्न सकिने प्राधिकरणको भनाइ छ।
तीनवटै विधिबाट मिटर रिडिङ नगरे÷ नगराएको खण्डमा प्राधिकरणले ग्राहकहरुको यसअघिको खपतलाई आधार बनाइ बिलिङ गर्नेछ। बिलिङसम्बन्धी जानकारी एसएमएसबाट उपलब्ध गराउन सकिनेछ।
प्राधिकरणको वेबसाइट www.nea.org.np मा राखेको केवाईसी फारम अपडेट गर्न तथा प्राधिकरणको स्थानीय कार्यालयको टेलिफोनमा वा हटलाइन ११५० मा सम्पर्क गरेर नम्बर उपलब्ध गराउन सूचनामा आग्रह गरिएको छ।
प्राधिकरणले कार्यालयमा भौतिक रूपमा उपस्थित हुँदा महामारीका बेला संक्रमण फैलने जोखिम उच्च भएकाले फोन सम्पर्क गरी सेवाहरु लिन ग्राहकलाई अनुरोध पनि गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago