काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ग्राहकको सुविधा र सुरक्षालाई ध्यानमा राखी आज (असोज ६ गते) बाट अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको छ।
ग्राहकले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइट www.sanimabank.com मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फाराममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने बैंकले जनाएको छ। फाराम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी ई–मेल तथा फोनमार्फत गराइने बैंकको भनाइ छ।
क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल र सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकको विश्वास छ। यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ।
सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ।
सानिमा बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधा परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19