काठमाण्डौ । अब धितोपत्र खरीदबिक्रीको आदेश प्रविष्टि गरेपछि डिम्याट खातामा रहेको मौज्दात अनिवार्य चेकजाँच हुुने भएको छ । 

अर्थात् नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनिवार्य डिम्याट इन्टीग्रेसन गरेसँगै अनलाइन कारोबार गर्दा डिम्याट खातामा सेयर छ या छैन भन्ने कुराको चेकजाँच हुने भएको हो । 

नेप्सेद्वारा जारी एक सूूचना अनुुसार लगानीकर्ताले ब्रोकरमार्फत कारोबारको आदेश इन्ट्री गरेपछि निजको डिम्याट खाता(हितग्राही खाता)मा सेयर रहे वा नरहेको जाँच गर्नुपर्नेछ । 

एक लगानीकर्ताले एउटा बीओआइडी(डिम्याट खाता आइडी)लाई एउटा मात्र कारोबार खातासँग आबद्ध गर्नसक्ने व्यवस्था रहेकोले आफ्ना ब्रोकरकहाँ आफ्नो डिम्याट खाता अद्यावधिक गर्न वा गराउन नेप्सेले आग्रह समेत गरेको छ । 

धितोपत्र बजार कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनपछि लामो समयसम्म बन्द रहेको थियो । सेयर बजार आगामी बैशाख ३० गते मंगलबारदेखि खुुल्दैछ ।