-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयर मार्जिनको सीमा ८५ प्रतिशत पुर्याउन पहल गरेको छ ।
सेयर बजारको निरन्तर गिरावट र कोरोना महासंकटकाबीच लगानीकर्ताहरुलाई राहत दिनका निम्ति बोर्डले नेपाल राष्ट्रबैंकसमक्ष सेयर मार्जिनको सीमा ८५ प्रतिशत बनाइदिन आग्रह गरेको बोर्ड अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाको आधिपत्य रहेको नेपालको सेयर बजारमा ८०–८५ प्रतिशतसम्म सेयर कर्जाको सीमा पुर्याउँदा फरक नपर्ने उनको जिकिर छ ।
‘घरजग्गामा ७० प्रतिशतसम्म मार्जिन दिइने, तर घरजग्गाको मूूल्य निकै घटबढ हुुुने अवस्था आउँछ, तर बैंक कहिल्यै घाटामा जाँदैन।’अध्यक्ष ढुुंगानाले भने–‘हामीले ८५ प्रतिशतसम्म पुर्याउन आग्रह गरेका छौ।’
सेयरधितोमा पाइने कर्जाको सीमा हाल नेपाल राष्ट्रबैंकले ६५ प्रतिशत तोकेको छ । अहिले १८० दिनको औसत कारोबार मूूल्यको ६५ प्रतिशत पाइँदै आएको मार्जिन लेण्डिङ(सेयर धितो कर्जा)को सीमा २० प्रतिशत बढाउन बोर्डले पहल गरिरहेको हो ।
करिब ४ वर्षपछि केही समययता सुुध्रदै गरेको सेयर बजार कोरोना महामारीका कारण गिरावटको चपेटामा परेको छ भने मार्जिन कलको समस्या समाधान गर्न पनि सेयर धितोको मार्जिनको सीमा बढाउन लगानीकर्ताहरुले माग गरिरहेका छन् ।
लकडाउनअघि बैंकहरुले समेत सेयरधितो कर्जालाई कम जोखिम भएको क्षेत्र ठानी ब्रोकर कार्यालयमै पुुगेर लगानीकर्ताहरुलाई न्यूूनत ब्याजदरमा कर्जा प्रवाह बढाइरहेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago