काठमाण्डौ । अब लगानीकर्ताले धितोपत्र कारोबार गर्दा डिजिटल पेमेन्ट गेट्वेबाट पनि भुुक्तानी गर्न सक्ने भएका छन् । 

इसेवा, प्रभुुपे, आइएमई पे, सेलपे लगायतका डिजिटल प्लेटफर्ममार्फत पनि सेयर किनबेचको रकम भुुक्तानी गर्न मिल्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले एप्स बेसबाट पनि सेयर किनेको पैसा ब्रोकरलाई दिन वा ब्रोकरले लगानीकर्तालाई भुुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् । 

माथि उल्लेखित रकम भुुक्तानीका डिजिटल  पेमेन्ट गेट्वे संचालक कम्पनीहरुसँग छलफल भइसकेको र निकट समयबाटै यसको भरपूूर सदुुुपयोग गर्दै पूूँजीबजारलाई पूूर्ण डिजिटाइज गर्न लागिएको उनको भनाइ छ ।

नेपाल राष्ट्रबैंकबाट अनुुमतिप्राप्त जुुनसुुुकै पेमेन्ट गेट्वेबाट धितोपत्र खरिदबिक्रीको भुुक्तानीका निम्ति खुुला गर्न लागिएको बोर्ड अध्यक्ष ढुुंगानाले दाबीसमेत गरे । 

उनले दोस्रो बजारमा धितोपत्र किनबेचका लागि बैंक इन्टीग्रेसन गर्न बोर्डकै कार्यकारी निर्देशक निरज गिरी संयोजक र उपकार्यकारी निर्देशक नवराज अधिकारी सदस्य रहने गरी अध्ययन गर्न निर्देशन दिइसकेका छन् ।

बोर्डले गत बैशाख २६ गते दिइएको निर्देशनअनुुसार आगामी साउनदेखि अनिवार्य रुपमा विद्युुतीय माध्यमबाट मात्र भुुुक्तानी गर्नुुपर्ने जनाइसकेको छ ।

पछिल्लो समय धितोपत्र खरिदबिक्रीको भुुक्तानी ४ वटा क्लियरिङ बैंक र  सीमित रकम एनसीएचएलबाट मात्रै हुुुँदै आइरहेकोमा सम्पूूर्ण पेमेन्ट गेट्वेबाट पनि रकम भुुक्तानीका लागि खुुला भएको खण्डमा बजार विकास तथा विस्तारका लागि कोशेढुुंगा साबित हुुने जानकारहरु बताउँछन् ।