काठमाण्डौ । ब्लडप्रेसर (बीपी) कति छ ? अब बीपी लेभल जाँच्न तपाइँलाई चिकित्सकमा धाउनुपर्ने दिन अन्त्य भएको छ ।
क्यानडाको टोरन्टो युनिभर्सिटीका एक शोधकर्ताले मोबाइल फोनको क्यामेराबाटै बीपी लेभल जाँच्ने नयाँ तरिका विकसित गरेका छन् । उनका अनुसार चीन र क्यानडाका १ हजार ३२८ जनामा यो परीक्षण गर्दा ९६ प्रतिशतसम्म सटिक जानकारीका साथ तीन थरिका बीपी मापन गर्ने सफलता मिलेको छ ।
टोरन्टो युनिभर्सिटीका शोधकर्ता पल झेंगले ट्रान्सडर्मल अप्टिलक इमेजिङ प्रविधिको विकास गरेका हुन् । यो प्रविविधको मद्दतले अनुहारको छालाबाट बीपीको लेभल पत्ता लगाइन्छ । भिडियो सेल्फको मद्दतबाट करिब दुई मिनेटमा यो कार्य पूरा हुने शोधकर्ता पल बताउँछन् ।
भिडियो बनाउने क्रममा मोबाइल क्यामरामा जडित अप्टिकल सेन्सरबाट रातो किरणले अनुहारको छालामा पर्ने र त्यसले दुई मिनेटभित्रै शरीरमा हेमोग्लोबिनको मात्रा पत्ता लगाउने पलको दाबी छ। ट्रान्सडर्मल अप्टिलक इमेजिङ प्रविधिबाट परावर्तित किरणको मद्दतबाट शरीरमा रगतको दबाबबारे पनि जानकारी दिन्छ । शोधकर्ता पलले यो प्रविधिबाट ९६ प्रतिशत सही नतिजा निस्कने दाबी गरे । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago