काठमाण्डौ । अबदेखि नौबिसे–मुग्लिन र हेटौँडा–नारायणगढ सडकमा निजी तथा सार्वजनिक सवारीसाधनले सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ ।
संघीय सरकारअन्तर्गतको सडक बोर्ड नेपालले भोलि मंगलबारबाट लागू हुने गरी यी दुईवटा सडकखण्डमा सडक उपभोग दस्तुर उठाउने भएको हो ।
सडक मर्मतसम्भारका लागि भन्दै सरकारले यी सडकखण्डमा गुड्ने सवारीसाधनमा १० रुपैयाँदेखि १२० रुपैयाँसम्म प्रतिसवारीसाधन सडक उपभोग दस्तुरका नाममा कर उठाउन लागेको हो ।
हेटौँडा–नारायणगढ सडकखण्डमा सवारीसाधनले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म तिर्नुपर्नेछ भने नौबिसे–मुग्लिन सडकखण्डमा १० रुपैयाँदेखि १२० रुपैयाँसम्म तिर्नुपर्नेछ । जसअनुसार हेटौँडा–नारायणगढ सडकखण्डमा भारी सवारीसाधन बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्टले प्रतिगाडी १०० रुपैयाँ, हलुका सवारीसाधन कार, जिप, पिकअप, भ्यान र ट्याक्टरले प्रतिगाडी ४० रुपैयाँ तथा तीनपांग्रे टेम्पो र मोटरसाइकले प्रतिसवारीसाधन १० तिर्नुपर्ने छ ।
त्यस्तै नौबिसे–मुग्लिन सडकखण्डमा भारी सवारीसाधन बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्टले प्रतिगाडी १२० रुपैयाँ, हलुका सवारीसाधन कार, जिप, पिकअप, भ्यान र ट्याक्टरले प्रतिगाडी ५० रुपैयाँ तथा तीनपांग्रे टेम्पो र मोटरसाइकले प्रतिसवारीसाधन १० तिर्नुपर्ने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago