Nepal Telecom Humla
काठमाण्र्डा । नेपाल टेलिकमले वाइम्याक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा बिस्तार गरेको छ ।
मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा २०७३ कात्तिक ७ गतेदेखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामासेवाको पहुँच पुगेको हो ।
नेपाल टेलिकमले २०६९ चैत्र १४ गतेदेखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलबाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशः बाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो ।
वाइम्याक्स सेवामा टेलिकमले उपलब्ध गराएको प्याकेज अनुसार महसुल दर यसप्रकार छ :
समयावधि | Volume ( GB) | महशुल दर (रु.) |
१ महिना | ५ | ६५०।– |
३ महिना | १५ | १,५००।– |
६ महिना | ३० | ३,३००।– |
१२ महिना | ६० | ५,३००।– |
१२ महिना | १२० | ८,०००।– |
१२ महिना | २०२ | १२,७५०।– |
१२ महिना | ३३६ | २०,४००।– |
वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्पmत इन्टरनेट चलाउनका लागि कस्टमर प्रेमिसस इक्वीपमेन्ट(सीपीई) खरीद गर्नुपर्छ । । यो उपकरण आउटडोर, इन्डोर र यूएसबी डंगल गरी तीन किसिमको हुन्छ ।
आउटडोर डिभाइसले टावरदेखि १५ किलोमिटर, इन्डोर डिभाइसले ५ किलोमिटर र यूएसपी डंगलले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago