nepse
काठमाण्डौ । सेयरको नियमित कारोबारमा बजार मूल्य प्रभावित नहुने गरी अब एक पटकमा १० कित्ताभन्दा कम सेयर किनबेच हुने व्यवस्था लागू हुने भएको छ ।
यो व्यवस्था लागूू गराउन नेपाल स्टक एक्सचेञ्जले गृहकार्य थालेको र यो व्यवस्था भएपछि हाल नियमित कारोबारमा १० कित्ताभन्दा कम सेयर किनबेच गर्न नपाइने नियम स्वतः हट्नेछ ।
यो व्यवस्थासँगै महंगो सेयर मूल्य भएका कम्पनीको सेयर खरीदमा साना लगानीकर्ताले पनि लाभ लिन सक्नेछन् ।
नेप्सेका प्रवक्ता मुुराहरि पराजुलीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १० कित्ता भन्दा कम सेयर पनि किनबेच हुनसक्ने व्यवस्था मिलाउन गृहकार्य तीव्र पारिएको बताएका हुन् । उनका अनुसार एक कित्ता सेयर समेत दोश्रो बजारमा किनबेच गर्न पाइने नयाँ व्यवस्थाको परीक्षण एक महिनाभित्रमा हुने दाबी समेत गरेका छन् । ''यही व्यवस्था मिलाउनका लागि नेप्सेले सिस्टम निर्माता कम्पनी ऋयmमबनको स्थानीय प्रतिनिधि वाइसीओ प्रालिलाई निर्देशन दिइसकेको छ ।'' विज्ञप्तिमा भनिएको छ-''सो कम्पनीले एक महिनाभित्र उक्त कार्य सम्पन्न गरी परीक्षणमा जानसकिने जानकारी गराएको छ ।''
जानकारहरुका अनुसार यसअघि कम्पनीहरुले लगानीकर्तालाई कागजी स्वरुपमा सेयर दिनुपर्ने र १० कित्ताभन्दा कमको सेयर कारोबार पनि हुने व्यवस्था गर्दा धेरै प्रमाणपत्र छाप्न पर्ने भएकाले योभन्दा कम कित्ता कारोबार गर्ने सुविधा थिएन । तर, डिम्याट सेयरको मात्र कारोबार बजारमा हुन थालेपछि अब भने १ कित्ता सेयर किनबेच पनि संभव र सहज रहेको नेप्सेको निश्कर्षको हो ।
यो व्यवस्थासँगै महंगो सेयर मूल्य भएका कम्पनीको सेयर खरीदमा साना लगानीकर्ताले पनि लाभ लिन सक्नेछन् ।
यसैबीच, नेप्सेले धितोपत्रको दोश्रो बजार बिस्तारका लागि सदस्य दलालको संख्या थप गर्ने, राष्टिय स्तरका बैंकलाई धितोपत्र दलाल अनुुमति प्रदान गर्ने लगायतका बिषयहरुमा पूँजीबजारसँग सम्बद्धहरुको सहभागितामा एक कार्यदल गठन भएको र यसले अध्ययन कार्यलाई अन्तिम चरणमा पुर्याई आउँदो साता प्रतिवेदन धितोपत्र बोर्डमा पेश गर्ने समेत स्पष्ट पारेको छ ।
दोश्रो बजारको विकासमा नेप्से उदासीन रहेका कतिपय आरोपहरुको खण्डन गर्दै प्रवक्ता पराजुलीले आफूहरु बजारको विकास र आधुनिकीकरणका लागि क्रियाशील रहेको दाबी गरेका छन् । उनले धितोपत्रहरुको कारोबारपछि राफसाफ तथा फछ्र्यौटलाई थप चुस्तदुुरुस्त बनाउन राफसाफ बैंक थप गर्ने कार्यलाई अगाडि बढाइसकिएको, यसका लागि नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिंग लिमीटेडले आफ्नो सिस्टममा आवश्यक परिमार्जन समेत गरिसकेको बताएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19