काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन २५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो लघुवित्तको आईपीओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको थियो। यो लघुवित्तले गत साउन १८ गतेबाट सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो। 

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिएका छन्। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २० लाख ४३ हजार २० आवेदकबाट कुल २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा २५.२९ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ९१ लाख ३७५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।