काठमाण्डौ । लामो रस्साकस्सी र कोरोनाकहरकै बीच खुुलेको धितोपत्र बजारमा मंगलबार नेप्से परिसूूचकमा आएको अभूूतपूूर्व उछालले गुुुल्जार छाएको छ।
लकडाउन खुुलेपछि बजार घट्ने प्रक्षेपणलाई नै मात दिने गरी नेप्से परिसूूचकमा भारी वृद्धि भई ६ प्रतिशतले पोजिटिभ सर्किट लागेर २ घण्टा अगावै कारोबार बन्द भएको छ।
कोरोनाको महामारी र लकडाउनका कारण बैंकहरुको कर्जा प्रवाहमा संकुुचन आउनुु र ब्याजदर क्रमशः घट्दै जाँदा लगानीकर्ताको मनोबल बढेको देखिन्छ। ब्याजदर घट्दै जाँदा उक्त पैसा सेयर बजारमा नै आउने चलन र हाल अन्य क्षेत्रमा लगानी सुुरक्षित नभएकाले समेत दीर्घकालीन लगानीका लागि लगानीकर्ताको अत्याधिक माग भएकै कारण बजारले उकालो गति समातिरहेको छ।
यसैगरी आर्थिक वर्षको अन्त्यतिर सरकारी खर्चहरु बढ्नु र कम्पनीहरुका वार्षिक प्रतिवेदन सार्वजनिक भई यही आर्थिक वर्षको मुुनाफा सुुुरक्षित गर्नसमेत सेयर खरिदको अत्याधिक माग रहेको देखिन्छ।
आजको दिन नेप्से परिसूचकमा ७२.०५ अंकको बढोत्तरीसँगै १२६०.७५ को विन्दुमा पुगेको छ। त्यस्तै बलिया र राम्रा कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १५.६३ को वृद्धिसँगै २७१.९२ को उचाइमा पुगेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये १३४ कम्पनीका ४ लाख ८९ हजार ५३७ कित्ता सेयर २२ करोड ७२ लाख १२ हजार १९४ रुपैयाँमा कारोबार भएको छ।
आजको दिन नेप्से उपसमूहमा रहेका १२ मध्ये १० वटामा हरियाली छाएको छ भने बाँकी २ वटामा रातो पोतिएको छ।
बैंकिङ समूहमा ७३.७२ अंकको उछाल आएको आज व्यापार समूहमा ६५.७३ अंकको बढोत्तरी भयो। यो दिन विकास बैंक समूहमा ६५.६६ अंक, जलविद्युत समूहमा ३९.७७ अंक, वित्त समूहमा ४.९७ अंक, निर्जीवन बीमा समूहमा २९६.१५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२२.१७ अंक, अन्य समूहमा २३.९७ अंक, लघुवित्त समूहमा ७७.७ अंक र जीवन बीमा समूहमा ६३४.९८ अंकको बढोत्तरी भएको छ।
यो दिन होटेल्स समूहमा ४७.८४ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ।
धेरै कमाउने र गुमाउनेहरु
आज १८ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जसमध्ये नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र शिवम सिमेन्टका सेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै एसटीसी, विजय लघुवित्त, हिमालयन डिस्टिलरी, साना किसान लघुवित्त, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, अरुण काबेली, स्ट्यान्डर्ड चार्टर्ड बैंक, युनाइटेड इन्स्योरेन्स, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट इन्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनी र ओरेन्टल होटेल्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago