काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार बिहीबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको हो। कोरोनाबाट अहिलेसम्म अमेरिकामा ६ लाख ३७ हजार ७१६ जना संक्रमित भएका छन्। कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्याको अन्य मुलुकको तुलनामा उच्च हो।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यो भाइरसबाट उत्पन्न सबैभन्दा खराब अवस्थाको सामना गरिसकेकोले छिटै यसको असर कम हुँदै जाने बताएका छन्। उनले छिटै लकडाउन पनि खुकुलो पार्ने घोषणा गरिसकेका छन्।
विश्वमा हालसम्म कोरोनाबाट १ लाख ३० हजारको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी संक्रमित भइसकेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19