काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अतिप्रभावित अमेरिकाको न्युयोर्क सहरमा घरमा पालिएका दुईवटा बिरालोमा कोरोना पोजेटिभ देखिएको छ।
संघीय अधिकारीहरुका अनुसार अमेरिकामा पहिलोपटक घरपालुवा जनावरमा कोरोना पोजेटिभ देखिएको हो। अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चर तथा सेन्टर फर डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार ती बिरालोमा मानिसबाट कोरोना संक्रमण सरेको आशंका गरिएको छ। यी बिरालोका आसपास रहने मानिसमा पनि कोरोना संक्रमण रहेको हुन भएकोले उनीहरुलाई जाँचका लागि अस्पताल पुर्याइएको अधिकारीहरुले बताएका छन्।
यसअघि अमेरिकाको ब्रोन्क्स चिडियाघरमा रहेको एउटा बाघमा कोरोना संक्रमण देखिएको थियो। त्यो बाघलाई उसको हेरचाहमा खटिएका व्यक्तिबाट संक्रमण सरेको आशंका गरिएको थियो।
यता अमेरिकी अधिकारीहरुले जनावरबाट मानिस कोरोना संक्रमण सर्न सक्ने बताए पनि हालसम्म जनावरमा भने मानिसबाट संक्रमण सरेको कुनै प्रमाण फेला नपरेको जनाएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago