काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले सबैभन्दा प्रभाव अमेरिकामा पारेको छ। कोरोना संकटकै कारण अमेरिकाले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नजिक पुगेको छ। हालसम्म ४९ हजार ९५४ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि ८ लाख ६९ हजार १७२ पुगेको छ।
अमेरिकामा संक्रमित र मृतकको संख्या अन्य देशको तुलनामा निकै बढी हो।
यो महामारी अतिप्रभावितको सूचीमा इटाली दोस्रो स्थानमा छ। इटालीमा शुक्रबार बिहानसम्म २५ हजार ५४९ जनाको ज्यान गइसकेको छ भने १ लाख ८९ हजार ९७३ जना संक्रमित भएका छन्।
स्पेनमा पनि ज्यान गुमाउनेको संख्या २२ हजार १ ५७ पुगेको छ। फ्रान्समा मृतकको संख्या २१ हजार ८५६ रहेको छ।
विश्वभर हालसम्म कोरोना संक्रमणबाट १ लाख ९० हजार ८६१ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या २७ लाख ९ हजार ४०८ पुगेको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कोरोना रोकथामका लागि दिएको सुझावको व्यापक आलोचना भइरहेको छ। उनले नियमित प्रेस ब्रिफिङमा यो भाइरसँग लड्न रोगााणुनाशक र अल्ट्रा भ्वाइलेट प्रयोग गर्न सकिने सल्लाह दिएका थिए। यो सल्लाहको स्वास्थ्य विशेषज्ञहरुले व्यापक निन्दा गरेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19