काठमाण्डौ । बेलायतको लन्डन इम्पेरियल कलेजका वैज्ञानिकहरुको समूहले अमेरिकामा जम्मा ४ प्रतिशत जनसंख्यामात्रै कोरोनाबाट संक्रमित भएकोले अमेरिकामा महामारी संकट अझै बाँकी रहेको बताएका छन्। 

उक्त समूहले आफ्नो प्रतिवेदनमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकी राज्यहरुका एक तिहाइ जनसंख्या पनि संक्रमित नभएको उल्लेख गरेका छन्। कोरोनाको सबैभन्दा धेरै प्रभाव परेको न्युुयोर्कका १६.६ प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित भएका छन्। 

अनुुसन्धानकर्ताहरुले क्यालिफोर्नियाका लगभग १ प्रतिशत र माइनका १ प्रतिशतभन्दा कम जनसंख्या कोरोनाबाट संक्रमित भएका बताएका छन्। “हाम्रो आकलनले अमेरीकाको अधिकांश क्षेत्रमा कोरोनाको महामारी नियन्त्रणमा नरहेको देखाएको छ। यदि अतिरिक्त सुुरक्षाका उपायहरु अबलम्बन नगर्ने हो भने प्रतिबन्धहरु खुुकुुलो बनाउनुु पूर्व केहि सावधानिहरु अपनाउनुु पर्ने हुुन्छ”, प्रतिवेदनमा उल्लेख छ, “हामीले अमेरिकामा अब आउने दुुई महिनामा कोरोनाबाट मृत्युु हुुनेको संख्या अहिले देखिएको भन्दा दोब्बर हुुने प्रक्षेपण गरेका छौँ।” 

अनुुसन्धानकर्ताहरुले अमेरिकाका केही राज्यहरुमा मात्रै कोरोनाको प्रकोप नियन्त्रणमा रहेको बताएका छन्। उनीहरुले यो आँकलन भाइरसको प्रजनन दर हेरेर निर्धारण गरेको बताएका छन्। 

प्रजनन दर १ हुुनुु भनेको संक्रमित व्यक्तिले अन्यलाई १ जनालाई मात्रै संक्रमण सार्नुु हो। यो दर जति धेरै हुुन्छ संक्रमित व्यक्तिले त्यति नै धेरै जनालाई संक्रमित पार्न सक्छन्। 

अमेरिकाको मोन्टाना, हुुवेई, योमिङ, अलास्का, वेस्ट भर्जिनिया, भर्मोन्ट, इडाहो, नर्थ डाकोटा र माइन राज्यहरुमा कोरोनाको प्रजनन दर एकभन्दा कम रहेको छ। त्यस्तै कोलोराडो, एरिजोना, टेक्सास, मिन्नेसोटा, लोवा, इलिनोइस र आहिओ राज्यमा कोरोनाको प्रजनन दर बढी रहेको अनुुसन्धानकर्ताहरुले बताएका छन्। – एजेन्सी