काठमाण्डौ । अमेरिकामा कोरोना संक्रमणको मामिला घट्न थालेको देखिएको छ।
जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार बितेको एक सातामा अमेरिकामा ४७ हजार ३०० नयाँ मामिला देखिएका छन्। जब कि जुलाई २२ सम्म साप्ताहिक रुपमा संक्रमणको मामिला औसत रुपमा ६७ हजार ३१७ देखिँदै आएको थियो। गत जुलाई १७ मा मात्रै एकैदिन अमेरिकामा रेकर्डतोड ७५ हजार नयाँ मामिला देखिएको थियो।
अमेरिकामा कोरोनाभाइरसको टेस्टिङलाई नेतृत्व गरिरहेका ह्वाइटहाउस फिजिसियन ब्रेट गिरोयरले अब अमेरिकामा संक्रमणको मामिलालाई कम हुने दिशामा अगाडि बढेको दाबी गरे। उनले संक्रमणको मामिला घट्नुमा मुख्यगरी मास्क र फेस कभर प्रयोग गर्नु तथा सामाजिक दूरीको नियम पालना गर्नु नै रहेको बताए।
केही विश्लेषकहरुले भने अमेरिकामा टेस्टिङको रफ्तार कम गरेका कारण संक्रमणको मामिला पनि कम देखिँदै गएको दाबी गरेका छन्। अटलान्टिक कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकाको दक्षिणी क्षेत्रमा कोरोना संक्रमणको मामिला बढ्दै गइरहेको छ तर त्यहाँ अचानक टेस्टिङ कम गरिएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19