काठमाण्डौ । विश्व महामारीबाट अति प्रभावित अमेरिकामा कोरोनाविरुद्धको फाइजर भ्याक्सिनको प्रयोग आज सोमबारबाट थालिने भएको छ।
यो सप्ताहन्तसम्म पहिलो चरणमा भ्याक्सिनको ३ करोड डोज अमेरिकाका सबै राज्यहरूमा पठाइने भ्याक्सिन वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले जानकारी दिए। यो भ्याक्सिन कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले सुरक्षित ठहर गरिसकेको छ।
अमेरिकामा नोभेम्बरयता कोरोनाका कारण हुने मृत्यु तीव्रगतिमा बढिरहेको छ। ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि शुक्रवार अनुमति दिँदै भनेको थियो, ‘महामारीमा यो महत्त्वपूर्ण प्रगति हो।’
गत शनिबारको प्रेस सम्मेलनमा जनरल पर्नाले भने थिए, 'अबको २४ घण्टामा भ्याक्सिन विभिन्न स्थानमा पठाइनेछ।'
यो भ्याक्सिन १४५ स्थानमा सोमवार, ४२५ स्थानमा मङ्गलवार र ६६ स्थानमा बुधबार प्राप्त हुने अपेक्षा राखिएको पर्नाले जानकारी दिए। उनले आगामी हप्ता फाइजर भ्याक्सिनको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने बताएका छन्।
बेलायत, क्यानडा, बाहराइन र साउदी अरेबियाका नियामक निकायले फाइजर भ्याक्सिनलाई अनुमति दिइसकेका छन्। बेलायतमा यो भ्याक्सिनको प्रयोग सुरु भइसकेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19