काठमाण्डौ । विश्वभर महँगी अचाक्ली बढेको छ। महँगी नियन्त्रण गर्न गरिएका सबै प्रयासहरु पनि असफल सावित भएका छन्।

विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा मुद्रास्फीति दर ४ दशककै उच्च विन्दुमा पुगेको छ। महँगी नियन्त्रण गर्न फेड रिजर्भले एकपछि अर्को गर्दै ब्याजदर बढाइरहेको छ।

अमेरिकी फेडले बुधबार फेरि ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ। यो लगातार चौथो वृद्धिपछि अमेरिकी फेडको ब्याजदर ३.७५ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ। यद्यपि, फेडका अध्यक्ष जेरोम पावेलले पनि मुद्रास्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाउने अन्तिम चरण हुनसक्ने बताए।

अमेरिकामा उपभोक्ता मुद्रास्फीति सेप्टेम्बरमा ८.२ प्रतिशतमा झरेको भए पनि लक्ष्यभन्दा २ प्रतिशतले बढी हो। यो अगस्ट २०२२ मा ८.३ प्रतिशत थियो। मुद्रास्फीतिले अमेरिकामा विगत चार दशकको रेकर्ड तोडेको छ। यसलाई नियन्त्रण गर्न अमेरिकी फेडले ब्याजदर बढाउने कडा निर्णय लिनुपरेको छ। 

अमेरिकी फेडरल रिजर्भको यो निर्णय अमेरिकी सेयर बजारलाई हाहाकार मच्चिएको छ। अमेरिकी सेयर बजारमा गिरावट आएको छ। डाउ जोन, एस एन्ड पी ५०० र नास्डकमा गिरावट आएको छ। यी तीनै इन्डेक्समा क्रमशः १.५५ प्रतिशत, २.५ प्रतिशत र ३.३६ प्रतिशतको गिरावट आएको छ। –एजेन्सी