काठमाण्डौ । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् ।
अमेरिकामा कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।
अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिका स्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैँक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत खतिवडाले उल्लेख गरे । राजदूत खतिवडासँगको अन्तक्र्रियामा नेपाल उद्योग परिसंघले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको छ ।
राजदूत खतिवडासँगको अन्तक्र्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, “नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको छ । अर्थतन्त्रको कुशल विज्ञको रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसक्नु भएका डा. खतिवडाको अनुभवबाट राजदूतको कार्यकालमा समेत नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पूँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।”
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19