M812
काठमाण्डौ । प्रिज्म टेक्नोलोजीले बहुचर्चित अमेरिकी इलोक्ट्रोनिक्स कम्पनी इनफोकसका स्मार्टफोनहरु नेपाल भित्र्याउने भएको छ ।
कम्पनीका मार्केटिङ प्रमुख प्रमुख संगीता सिलवालका अनुसार असार अन्तिम साताबाट नेपालमा बिक्रीवितरण हुने गरी तयारी थालिएको छ ।
प्रारम्भिक चरणमा स्मार्टफोन मोडेल र एक फिचरफोन मोडेल नेपाल भित्र्याइनेछ ।
स्मार्टफोन अन्तर्गतको पहिलो मोडल एम ८१२ प्रिमियम फोन हो, मेटल डिजाइन उक्त फोनमा ४४० PPI सहितको ५.५ इञ्चको फुल एचडी स्क्रीन रहेको छ । यसको रेजुलुशन १९२०X१०८० को पिक्सेल रहेको छ । यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ र सेल्फी खिच्न ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा पनि उपलब्ध छ ।
स्न्यापड्रेगन २.५ गेगाहर्जको क्वाडकोर प्रोसेसर राखिएको यो स्मार्टफोनमा ३ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज र १२८ जीबीसम्मको बाहिरी स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ ।
यसमा २९०० एमएएचको ब्याट्री राखिएको छ । यसका साथै यस स्मार्टफोनले फोर जी पनि सपोर्ट गर्दछ भने यसमा रहेको हाइ स्पिड एलइटीका कारण युजरहरुले दु्रत गतिमा डाटा डाउनलोड गर्न तथा वेब पेजहरु खोल्न सक्छन् ।
एम ६८० भने इन्ट्री लेभलको फोन हो, मेटल डिजाइन उक्त फोनमा ५.५ इञ्चको फुल एचडी स्क्रीन छ ।
यसको रेजुलुशन १९२०X१०८० को पिक्सेल रहेको छ । यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ । साथै सेल्फी लभरहरुका लागि ८१ डिग्री वाइड एंगलसहितको १३ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित छ ।
स्न्यापड्रेगन १.३ गेगाहर्जको अक्टाकोर प्रोसेसर राखिएको यो स्मार्टफोनमा २ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज र ६४ जीबीसम्मको बाहिरी स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ। यसमा २६०० एमएएचको ब्याट्री राखिएको छ । यसका साथै यस स्मार्टफोनले फोरजी पनि सपोर्ट गर्दछ भने यसमा रहेको हाइ स्पिड एलइटीले गर्दा युजरहरुले दु्रत गतिमा डाटा डाउनलोड गर्न तथा वेब पेजहरु खोल्न सक्छन् ।
प्रिज्म टेक्नोलोजीका हेड बिकाश शाहका अनुसार इन्फोकसका मोबाईल सेटहरु बजारमा भित्रिएपछि अत्याधुनिक क्षेत्रीय सर्भिस सेन्टरहरु र आफ्टर सेल सर्भिसलाई विशेष ध्यान दिइनेछ ।
एम ६८० मोडेलको फोटो हेर्न तलको फोटोमा डबल क्लिक गर्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19