काठमाण्डौ। अमेरिकामा पछिल्लो २४ घन्टाको अवधिमा थप १० हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

कोरोना संक्रमण भएको यो अत्यधिक वृद्धिपछि अमेरिकामा कोरोनाबाट संक्रमित हुुनेको संख्या ६६ हजार १३२ पुुगेको छ। यतिबेला अमेरिकामा कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेको छ। 

कोरोनाले अमेरिकामा वितेको २४ घन्टामा १९३ जनाको मृत्युु भइसकेको छ। यससँगै मृत्युु हुुनेको संख्या ७३७ पुुगेको छ। अमेरिकामा कोरोनाको बढ्दो प्रभावलाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठनले समेत अमेरिका कोरोनाको इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ। 

कोरोनाबाट सबैभन्दा धेरै संक्रमित हुुने देशमा अमेरिका तेस्रो स्थानमा रहेको छ। न्युुयोर्क सहर कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ। 

अमेरिकामा देखिएको कोरोना संक्रमणका आधि संक्रमित न्युुयोर्कका मात्रै रहेका छन्। मृत्युु हुुनेमा पनि न्युुयोर्क अमेरिकाभरमा पहिलो स्थानमा रहेको छ। –एजेन्सी