काठमाण्डौ। अमेरिका यतिबेला विश्वमै सबैभन्दा धेरै कोरोना संक्रिमत र मृत्युु भएको देशका रुपमा उभिएको छ।

अमेरिकामा कोरोनाबाट संक्रमित हुुनेको संख्या १२ लाखभन्दा धेरै रहेको छ। मृतकको संख्या पनि ६९ हजारभन्दा धेरै रहेको छ। 

यस्तोमा एउटा डरलाग्दो र भयावह आँकडाको प्रक्षेपण गरिएको छ। न्युुयोर्क टाइम्सका अनुुसार ट्रम्प प्रशासनको एउटा आन्तरिक प्रतिवेदनमा जुुन महिनामा अमेरिकामा प्रत्येक दिन दुई लाख नयाँ कोरोना संक्रमणका घटनाहरु देखिन सक्नेछन् भने ३ हजार मानिसको ज्यान जान सक्नेछ। 

यस्तो आँकलन आएकै बेला अमेरिकामा लकडाउन खुुकुुलो बन्दै गइरहेको छ। स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन हटाउनुुपर्ने भन्दै जाडतोडका साथ आवाज उठाइरहेका छन्। उनको यस्तो अभिव्यक्तिलाई लकडाउन हटाउनुुपर्छ भन्दै त्यहाँका केही नागरिकहरुले समर्थन पनि जनाइरहेका छन्। 

न्युुयोर्क टाइम्सको रिपोर्टका अनुुसार ट्रम्प प्रशासनको आन्तरिक प्रतिवेदनमा जुुन महिनासम्म अमेरिकामा कोरोनाबाट मृत्युु हुुनेको संख्या प्रतिदिन ३ हजार पुुग्नेछ। अहिले अमेरिकामा प्रत्येक दिन औसतमा १७५० जनाको मृत्युु भइरहेको छ। 

अमेरिकाको फेडेरल इर्मजेन्सी म्यानेजमेन्ट एजेन्सीको आँकडाको आधारमा यस्तो प्रक्षेपण गरिएको हो। त्यस्तै अहिले अमेरिकामा प्रत्येक दिन करिब २५ हजार नया संक्रमणका केसहरु देखिँदै आइरहेको छ। तर प्रतिवेदनका अनुुसार जुुन महिनामा यो आँकडा बढेर दैनिक २ लाख पुुग्नेछ। 

उता युुनिर्भसिटी अफ वासिङ्टनले अगस्त महिनाको सुुरुआतसम्म अमेरिकामा कोरोनाबाट मृत्युु हुुनेको संख्या १ लाख ३५ हजार पुुग्नेछ। युुनिभर्सिटीले १७ अप्रिलमा जम्मा ६० हजारको मात्रै मृत्युु हुुने प्रक्षेपण गरेको थियो। 

११ मेसम्म अमेरिकाका ३१ राज्यमा सामाजिक दूरीको नियमहरुलाई खुुकुुलो बनाइने अनुुमान लगाइएको छ। यस्तोमा त्यहाँ विज्ञहरुले कोरोनाको संक्रमण अझै तीव्र रुपमा फैलने सक्ने चेतावनी दिएका छन्। – एजेन्सी