काठमाण्डौ । कोरोनाभाइरस समाप्त गर्नका लागि वैज्ञानिकहरुलाई एक नयाँ हतियार मिलेको छ। यो हतियार गाईको शरीरमा पाइएको बताइएको छ।

गाईको शरीरमा भएको एन्टीबडीको उपयोगले कोरोनाभाइरस समाप्त गर्न सकिने अमेरिकाको एक बायोटेक कम्पनीको दाबी छ। अमेरिकी बायोटेक कम्पनी सैब बायोथेराप्युटिक्स भन्छ, ‘जेनेटिकली मोडिफाइड गाईको शरीरबाट एन्टीबडी निकालेर त्यसबाट कोरोनाभाइरसविरुद्धको औषधि बनाउन सकिन्छ।’ 

कम्पनी चाँडै नै क्लिनिकल टायल सुुरु गर्ने चरणमा छ। यो औषधि धेरै सकारात्मक, भरोसायुुक्त र आशाजनक भएको जन्स हप्किन्स युुनिभर्सिटीमा संक्रामक बिरामीका फिजिसियन अमेश अदाल्जाको भनाइ छ। कोरोनाभाइरसमाथि जित हासिल गर्न विभिन्न हतियारहरुको आवश्यकता रहेको उनले जोड दिए।

सामान्यतया वैज्ञानिक एन्टीबडीको परीक्षण प्रयोगशालामा कल्चर गरिरहेका छन् र कोशिकाहरु वा सूूूर्तीजन्य बिरुवाहरुमा गरिन्छ। तर बायोथेराप्यूूटिक्स २० वर्षदेखि गाईको खुुरमा एन्टीबडी विकास गरिरहेको छ।

कम्पनी गाईमा जेजेटिक परिवर्तन गर्छ ता कि उसको इम्युन सेल्स (प्रतिरोधक कोशिका) झन् धेरै विकसित हुुन सकोस्। खतरनाक बिरामीसँग लड्न सकोस्। साथै यी गाई धेरै मात्रामा एन्टीबडी बनाउँछ जसको उपयोग मानिसहरुलाई ठीक पार्न गर्न सकियोस्।

पिट्सबर्ग युुनिभर्सिटीका इम्युनोलोजिस्ट विलियम क्लिमस्त्राले भने, ‘यस कम्पनीका गाईहरुको एन्टीबडीमा कोरोनाभाइरसको स्पाइक प्रोटिन समाप्त गर्ने ताकत राख्दछ।’

गाई आफैंमा एक बायोरिएक्टर हो। भयानक रोगहरुसँग लड्नका लागि भारीमात्रामा गाईले एन्टीबडी बनाउँछ।

स्याब बायोथेराप्युटिक्सका सीईओ एडी सुुलिवन भन्छन्, ‘गाईसँग अन्य साना जीवहरुको तुुलनामा धेरै रगत हुुन्छ। यसैले उनीहरुको शरीरमा एन्टीबडीज पनि धेरै बन्छ। जसलाई पछि सुुुधार गरेर मानिसहरुको उपयोगका लागि गर्न सकिन्छ।’

एडीले भने, ‘विश्वभरि नै कम्पनीहरु कोरोनाभाइरससँग लड्नका लागि मोनोक्लोनल एन्टीबडी विकसित गर्न सक्रिय छन्। जब कि गाईसँग पोलिक्लोनल एन्टीबडी हुुन्छ यो कुुनै पनि भाइरस समाप्त गर्ने मामलामा कुुनै पनि मोनोक्लोनल एन्टीबडीभन्दा धेरै सक्षम हुुुन्छ।’

एडी सुुलिवन भन्छन्, ‘जब मर्स आएको थियो तब हामीले यही बाटो रोजेका थियौं। त्यहीँबाट हामीले पत्ता लगायौं कि गाईको एन्टीबडीमा बाँकी जीवहरुको एन्टीबडीको तुुलनामा  धेरै ताकत हुुन्छ।’

सात हप्ताभित्र गाईको शरीरमा कोरोनाभाइरसविरुद्ध एन्टीबडी तयार भइरहेको छ। यस दौरान गाई धेरै बिरामी पनि भइरहेका छैनन्। ‘जाँचका क्रममा गाईको शरीरमा बनेको एन्टीबडीले कोरोनाभाइरसको स्पाइक प्रोटिन समाप्त गरेको पत्ता लाग्यो’, सुुलिवनले भने।

गाईको प्लाज्मा ल्याबमा परीक्षण गर्दा मानिसहरुलाई प्लाज्मा थेरापी अर्थात् सहसंयोजक प्लाज्मा थेरापीभन्दा ४ गुुणा धेरै क्षमतावान रहेको पाइएको छ। यसले कोरोनाभाइरस मानिसको शरीरको कोशिकाहरुमा पस्न दिँदैन।

केही हप्तामा गाईको एन्टीबडीलाई मानिसमा क्लिनिकल टायल सुुरु गर्ने एडी बताउँछन्। ‘मानिसको शरीरभित्र कति प्रभावकारी हुुने विषयमा पत्ता लगाइनेछ’, उनले भने, ‘हामीलाई आशा छ कि गाईको रगतबाट निस्केको एन्टीबडी बाँकी अन्य औषधि र उपचारमा राम्रो हुुनेछ।’