काठमाण्डौ । सन् २०२५ का लागि अमेरिकाका जान चाहनेहरुका लागि डाइभर्सिटी भिसा(डिभी) कार्यक्रमका लागि आज रातिदेखि आवेदन खुल्ने भएको छ ।
आज राति ९ः४५ बजेदेखि डिभी चिठ्ठा समेत भनेर चिनिइने यो कार्यक्रमका लागि आवेदन लिन थालिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
आज रातिदेखि खुल्ने डिभीको आवेदन आगामी नोभेम्बर ७ तारिख राति १०ः४५ बजेसम्म रहनेछ ।
दूतावासले एक सूचना जारी गर्दै एकजना व्यक्तिले एकपटक एउटा मात्र आवेदन दिन भनेको छ । एकभन्दा बढी आवेदन एकै व्यक्तिबाट परेको खण्डमा त्यस्ता आवेदन रद्ध हुने समेत जानकारी गराइएको छ ।
दूतावासले आवेदनका लागि कुनै शुल्क नलाग्ने समेत प्रष्ट पारेको छ ।
डिभी भर्नका लागि एक मात्र आधिकारिक वेबसाइट dvprogram.state.gov रहेको छ ।
डिभी भर्दा पेश गरिने फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्ने र अघिल्लो वर्ष डिभी भर्दा नै पेश गरेको फोटो पेश गरिएमा त्यस्तो आवेदन पनि रद्द हुने बताइएको छ।
डिभीका लागि आवेदन दिंदा आफ्ना पति वा पत्नी, २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरुको विषयको विवरण समेत राख्नुपर्ने हुन्छ ।
अहिले दिइएको आवेदनको नतिजा २०२४ मे महिनामा प्रकाशित हुने दूतावासले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19