काठमाण्डौ। अरब सागरमा उत्पन्न निसर्ग चक्रवातको प्रभाव नेपालमा पनि आंशिक रुपले पर्ने भएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवातको प्रभावका कारण देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले छ।
महाशाखाले बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भूभागमा मौसममा सामान्य बदली रही मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहको जनाएको छ। बाँकी भूभागमा मने मौसमा आंशिक बदली रहने बताइएको छ।
यसैगरी यो चक्रवातका कारण बिहीहीबार गण्डकी प्रदेश, प्रदेश ७ र सुदूरपश्चिम प्रदेशमा मौसम पूर्ण बदली रहेर बाँकी भूभागमा मौसम सामान्य रहने महाशाखाले जनाएको छ।
पर्सि शुक्रबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य रहनेछ । यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19