काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको सतप्रतिशत हकप्रद निश्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमीटेड धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । 

अरुण भ्यालीको १९औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको १ बराबर १ अनुपातको कुल रु.९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको हो । 

यो विषयमा दुवै कम्पनीका अधिकारीबीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा अरुण भ्यालीको तर्फबाट कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपाने र मक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

कम्पनीले निकट भविष्यमै ९९,८३,२३२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९९ करोड ६६ लाख पुग्नेछ । 

अरुण भ्याली कम्पनीले पिलुवा खोलाको पानी उपयोग गरी ३ हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निर्माण गरी २०५६ सालदेखि नै व्यापारिक उत्पादन गरिरहेको छ । 

हकप्रद सेयरमार्फत संकलन हुने पूँजीलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने बताइएको छ ।