काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको अरुण काबेली पावर लिमिटेडको सेयरमा खरिद आवेदन दिने आज कात्तिक १४ गते अन्तिम दिन रहेको छ।
कम्पनीको २० लाख १४ हजार बढी कित्ता सेयर गत असोज ३० गतेबाट बिक्रीमा राखिएको छ। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।
कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने कुनै हद लाग्ने छैन।
बोलपत्र काठमाण्डौको नक्सालस्थित नेपाल इन्भेस्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखाहरु विराटनगर (रंगेलीरोड), जलेश्वर (महोत्तरी), सातदोबाटो (ललितपुर), सूर्यविनायक (भक्तपुर), पोखरा (कास्की), कोहलपुर (बाँके), सुर्खेत र महेन्द्रनगर (कञ्चनपुर)मा पेस गर्नुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago