काठमाण्डौ । अरुण काबेली पावरको गोप्य शिल्ड बिड भोलि बिहान १० बजे खोलिने भएको छ । 

कम्पनीको अवितरित हकप्रद सेयरका लागि २०८० असोज ३० गतेदेखि २०८० कात्तिक १४ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेको थियो। सो अवधिभित्र प्राप्त भएका बोलपत्र भोलि सोमबार खोलिने भएको हो। 

बोलपत्र भोलि बिहान १० बजे धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यलयमा खोलिनेछ ।