काठमाण्डौ । न्युुजिल्यान्डमा अर्काे साताबाट कोरोनाको रोकथाम र नियन्त्रणका लागि लागू गरिएका सबै प्रतिबन्ध हट्ने भएको छ।
न्युुजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डरनले सबैखाले प्रतिबन्ध अर्काे सातासम्म हट्न सक्ने बताएकी छन्। उनका अनुुसार सबै प्रतिबन्ध हटेपछि न्युुजिल्यान्डमा “अलर्ट लेभल वान” मात्रै रहनेछ र समाजिक दूरीको आवश्यकता पर्ने छैन। यसका साथै मानिसलाई भेला हुुन पनि कुुनै कठिनाइ हुुने छैन।
जसिन्डाले न्युुजिल्यान्डका सबै सीमानाका भने बन्द अवस्थामै रहने स्पष्ट पारेकी छन्। यसका साथै उनले कोरोनाको रोकथामका लागि न्युुजिल्यान्डले पहिले नै लागू गरेको कडा लकडाउनका कारण यो सबै सम्भव भएको बताएकी छन्।
न्युुजिल्यान्डमा कहिलेसम्म प्रतिबन्धहरु जारी राख्ने भन्ने विषयमा जसिन्डाको क्याबिनेटले जुुन २२ मा निर्णय लिनुुपर्ने थियो। तर अब यो बैठक समय अगावै अर्थात ८ जुुनमा हुुन गइरहेको छ।
विगत ११ दिनदेखि न्युुजिल्यान्डमा कुुनै पनि कोरोना संक्रमण देखिएको छैन। न्युुजिल्यान्ड सरकारका अनुुसार करिब सात साता लामो कडा लकडाउन र आम जनताले यसलाई गम्भिर रुपमा लिएकाले कोरोनाविरुद्धको युुद्धमा सफलता हासिल गरेको हो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19