काठमणडौ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्।
नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. ५ ले आज बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढंगले बजेट निर्माण भएको दाबी गरेका हुन्।
‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ’, उनले भने।
अर्थमन्त्री महतले निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको बताए। उनले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे।
‘हाम्रा आकांक्षाहरु धेरै छन् तर स्रोतसाधन सीमित छन्’, उनले भने, ‘भएका स्रोतसाधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ।’
- RSS
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago