काठमाण्डौ । नेपाल उद्योग परिसंघ(सीएनआई) ले देशको अर्थतन्त्र सरकारले भनेजस्तो सुधारोन्मुख नभएको जनाएको छ । 

अर्थतन्त्रको वास्तविक अवस्था बारे गरेको सर्वेक्षणको नतिजा सोमबार सार्वजनिक गर्दै सीएनआईले यस्तो जनाएको हो । 

सीएनआईका अनुसार सरकारको दाबी जनस्तर, निजी क्षेत्र एवं संचारमाध्यमहरुले गरिरहेको अनुभव तथा तथ्य तथा विश्लेषणहरुसँग मेल खाईरहेको छैन । यसअघिको आर्थिक वर्षमा पनि सर्वेक्षण गरेको सीएनआईको यो दोस्रो सर्वेक्षण हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नदेखिएको परिसंघले जनाएको छ।

परिसंघले सर्वेक्षणमा बजार माग खस्किएको कच्चा पदार्थको मूल्य वृद्धि भईरहेको र उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट देखिएको उल्लेख गरेको छ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बजार मागमा १२.०६ प्रतिशतको गिरावट आएको सीएनआईले जनाएको छ। 
 
परिसंघका अनुसार सिमेन्ट उद्योगको समग्र माग अघिल्लो वर्षको तुलनामा
थप ७.३६ प्रतिशतले घटेको छ ।