काठमाण्डौ । सेयर लगानीकर्ताको माग सम्बोधन गर्नका लागि अर्थमन्त्रालयमा बैठक चलिरहँदा बजारमा गिरावटको क्रम रोकिएको छ ।
बजार खुलेलगत्तै गिरावट सुरु भए पनि बिजशालाले अर्थमन्त्रालयले आकस्मिक बैठक बोलाएको र लगानीकर्ताका केही जायज माग सम्बोधन गर्ने उच्च स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेपछि त्यसले बजारमा सकारात्मक प्रभाव पारेको हो । यहीकारण १२ः३० बजेदेखि बजारमा हरियाली फर्किएको हो ।
बजारमा हरियाली फर्किरहँदा अर्थमन्त्रालयमा बैठक समेत चलिरहेको छ । बैठकमा नेपाल राष्टबैंकका गभर्नर, धितोपत्र बोर्डका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्जको सीइओ, सिडिएससीका प्रमुख लगायतको सहभागिता रहेको छ ।
यो बैठले सेयर लगानीकर्तालाई आज कुनै न कुनै रुपमा सम्बोधन गर्ने स्रोतहरुले दाबी गरेका छन् ।
यो खबरको प्रभावले यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक करिब ६ अंकले बढिसकेको छ । कारोबार रकम १५ करोड माथि पुगिसकेको छ । जलविद्युत, बित्त र उत्पादनमूलक बाहेकका सबै समूहका सूचक हराभरा भएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19