काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्ध सुझावहरु पेस गर्न सरोकारवालासँग आग्रह गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै आगामी बजेटका लागि सुझावहरु पेस गर्न सरोकारवालासँग आग्रह गरेको हो।
आगामी बजेटका लागि विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आमनागरिकले सुझाव पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ। सुझावहरु यही चैत मसान्तसम्म पेस गर्न सकिने सूचनामा उल्लेख छ।
सुझावहरु मन्त्रालयको वेबसाइट www.mof.gove.np मा रहेको बजेट सजेसन ट्याबमार्फत तथा ई–मेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने सूचनामा जनाइएको छ।
अर्थ मन्त्रालयले आगामी बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धित कार्यहरु प्रारम्भ भइसकेको जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19