काठमाण्डौ । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भएको छ।
नेपाल प्रहरीको प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभीको फुटेज रिकभर गरेर बुझाएको संसदीय विशेष समितिका सचिव सरेन्द्र अर्यालले बताए। ‘हामीले सीसीटीभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई दिएका थियौँ, प्रयोगशालाले फुजेट रिकभर गरेर दिएको छ’, उनले भने, ‘तर, ती क्लिप स्पष्ट छैनन्, त्यसैले आज फरेन्सिक विज्ञसँग परामर्श गर्दैछौँ।’
जेठ १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा करको दर हेरफेर गरेको आरोप लागेको छ। त्यसैले यो दिनको सीसीटीभी फुटेजहरुलाई निकै महत्वका साथ हेरिएको छ।
यसअघि अर्थ मन्त्रालयले भने त्यस दिनको सीसीटीभी फुटेजहरु डिलिट भइसकेको विशेष समितिलाई जानकारी गराएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19